संसारकै लामो सामुद्रिक पुल ५ तस्विरमा

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौं । चीनले निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुन्द्रिक पुल मेगा ब्रिजमा आजबाट आवतजावत खुल्ला गरिँदैछ ।

मंगलबार एक कार्यक्रमका बीच चिनियाँ राष्ट्रपति सी जिङफिङले पुलको उद्घाटन गर्नुभएको हो । २० अर्ब डलरको लगानीमा ९ बर्ष लगाएर सो पुलको निर्माण गरिएको जनाइएको छ । यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोडेको छ ।

अंग्रेजी अक्षरको वाई अकारमा निर्माण गरिएको यस पुलको मुल भाग २२ दशमलव ९ किलोमिटर रहेको छ भने ६ दशमलव ७ किलोमिटर लामो सुरुङमार्ग रहेको छ । त्यसमा मानवनिर्मित कृतिम टापुहरुसमेत रहेका छन् ।