‘सक्षम बालिका, समृद्ध नेपाल’ नाराका साथ दोस्रो नेपाल बालिका सम्मेलन आइतवारदेखि काठमाडौमा शुरु

title
आइतवार, अशोज १४, २०७५

काठमाडौ । ‘सक्षम बालिका, समृद्ध नेपाल’ मुल नाराका साथ दोस्रो नेपाल बालिका सम्मेलन आइतवारदेखि काठमाडौमा शुरु भएको छ ।

नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बालिका माथि हुने हिंसा, दुव्र्यवहार र बाल विवाह अन्त्य गर्ने अभियानका लागि दोस्रो नेपाल बालिका सम्मेलन आयोजना गरेको हो । सम्मेलनको कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभयो ।

सो अवसरमा कार्यवहाक प्रधानमन्त्री पोखरेलले बालिकामाथि हुने हत्या, बलात्कारजस्ता अमानवीय घटना नियन्त्रणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाले बालिकाहरु भविष्यको कर्णधार भएको भन्दै बालिकामाथि हुने कुनै पनि हिंसात्मक घटना सैह्य नहुने स्पष्ट पार्नुभयो । मुलुकलाई समृद्धितर्फ लैजाने सरकारको संकल्प भएको बताउँदै उहाँले यसलाई कार्यान्वयन गर्न हरेक नागरिकको सहज जीवनयापन अनिवार्य सर्त रहेको बताउनुभयो ।

प्रदेशस्तरमा गरिएको सम्मेलनबाट आएका निचोड र सुझावका आधारमा तयार गरिएको प्रतिवेदन राष्ट्रिय स्तरको दोश्रो नेपाल बालिका सम्मेलन २०१८ काठमाडौंमा पेश गर्न सम्मेलनको आयोजना गरिएको हो ।

सरकारले सन् २०३० सम्मको दिगो विकास लक्ष्यको कार्य सूचीमा बाल हिंसा, बालविवाह, कलिलो उमेरमा हुने विवाह र जबरजस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।