सगरमाथा कलेजमा रक्तदान

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा रहेको सगरमाथा मल्टिपल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

कलेजमा पढ्ने विद्यार्थीहरूको अगुवाइमा भएको कार्यक्रममा झण्डै ५० यूनिट भन्दा बढि रगत संकलन भएको छ । कलेजमा अध्यापन गराउँदै आएका शिक्षक, अध्ययनरत विद्यार्थी लगायतले रक्तदान गरेका थिए ।

विहान ९ बजेदेखि शुरू रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो । पछिल्लो समय विभिन्न संघ सस्थाबाट रगत संकलन भइरहेपनि रगत अभावको समस्या भने हट्न सकिरहेको छैन ।