सगरमाथा टिभीका म्याग्दी सम्बाददाता गौतम पुरस्कृत

title
शनिबार, फाल्गुन ११, २०७५

सन्तोष गौतम । म्याग्दी । के.डी वर्ष पत्रकारिता पुरस्कार २०७५ बाट सगरमाथा टेलिभिजनका म्याग्दी सम्वादतदाता सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।
मंगला गाउँपालिका २ सिमलचौरमा रहेको के.डी कटेज प्रा.लीले तेस्रो वार्षिक उत्सवको अवसरमा समाचारको माध्यमबाट कृषि र ग्रामिण पर्यटन क्षेत्रको विकासमा पु¥याएको योगदान वापत गौतमलाई ११ हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।

गौतम सगरमाथा टेलिभिजनको स्थापना कालदेखि म्याग्दी सम्बाददाताको रुपमा निरन्तर कार्यरत हुनुहुन्छ । सोही अवसरमा हाल अस्टे«लियामा रहेका अन्नपूर्ण पोष्ट्का पूर्व म्याग्दी सम्बाददाता गोपाल छन्त्याललाई कदरपत्र र नागरिक दैनिकका हरिकृष्ण गौतमलाई प्रशंसापत्र र दोसल्लाद्धारा सम्मान गरिएको थियो ।

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, वडा अध्यक्ष धनबहादुर खाती, कटेजका सञ्चालक अशोक शर्मा लगायतले पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो । कृषिमा आधारित पर्यटन र होटल ब्यवसाय गर्ने उद्देश्यले तीन वर्षअघि स्थापीत उक्त कटेजले प्रत्येक वार्षिक उत्सवको अवसरमा गत वर्षदेखि एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।

उक्त पुरस्कार गत वर्ष कान्तिपुर दैनिकका घनश्याम खड्कालाई प्रदान गरिएको थियो ।

प्राकृतिक तातोपानी कुण्ड, टोड्के, गुरील्ला, धौलागिरि चक्रीय पदमार्ग र ढोरपाटन भ्रमणमा जाने आन्तरीक तथा बाह्य पर्यटकलाई लक्षित गरेर ५० लाख रुपैयाँको लागतमा कटेज सञ्चालन गरिएको छ ।

उक्त कटेजमा म्याग्दी खोलाको असला र कटेज परिसरमा पालीएका माछा, गौरीया, गुडुरा धानको चामलको भात, प्राङ्गारीक प्रबिधिबाट उत्पादन गरिएको तरकारी, लोकल कुखुरा, खसीको परिकारको बिक्रीका साथै होमस्टे सुबिधा रहेको छ ।

यसअघि बाह् जना क्षमत्ताको होमस्टे सञ्चालन गरेको कटेजले यस वर्षदेखि सभाहल र सुबिधायुक्त कोठा सहितको डाइनिङ हल बनाएको छ ।

पुरस्कार वितरण समारोहमा गाउँपालिकाका अध्यक्ष रोकाले स्थानीय कृषि उपजको खपत, बजारीकरण, रोजगारी सिर्जना र ग्रामिण पर्यटन प्रर्वद्धन गर्न कटेजले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।