सगरमाथा टेलिभिजनको १२ औ वार्षिकउत्सव (फोटोफिचर)

title
शुक्रबार, असार २७, २०७६

काठमाडौं–सगरमाथा टेलिभिजनले आफ्नो १२ औ वार्षिकउत्सव मनाएको छ । टेलिभिजनको कार्यालयमा आयोजित कार्यक्रममा टेलिभिजनले स्थापनादेखि अहिलेसम्म गरेको कामको समीक्षा भयो ।

टेलिभिजनले १२ वर्ष पूरा गरी १३ वर्ष प्रवेश गरेको अवसरमा धन्यवाद दिँदै प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले देश निर्माणको अभियानमा सगरमाथा टेलिभिजन सशक्त माध्यम बन्ने विश्वास व्यक्त गरे ।

आफू सञ्चारमन्त्री हुँदा सगरमाथा टेलिभिजन स्थापना भएको भन्दै महराले देशका प्रत्येक आरोह अवरोहमा प्रभावकारी मिडियाको भूमिका निभाउन टेलिभिजन उद्धत रहेको बताए । उनले आगामी दिनमा पनि संस्थाको लक्ष्य अनुसार देशको तेस्रो आँखाका रुपमा टेलिभिजनले खबरदारी गरिरहने विश्वास गरे ।

कार्यक्रम सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले आवाजबिहीनको आवाज बनेर सगरमाथा टेलिभिजनले देशको समृद्धिका लागि खबरदारी गरिरहने बताए । अध्यक्ष गुरुङले निमुखा, पीडितको आवाजलाई प्राथमिकतामा राखेर जिम्मेवार र जवाफदेही सञ्चारमाध्यमका रुपमा सगरमाथा टेलिभिजनलाई स्थापित गराउने बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा तथा सगरमाथाकर्मीको सहभागिता थियो ।