
काठमाडौं– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा मागेका छन् ।
वरियताको एक नम्बरका निमित्त सचिव संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्रालयको सचिव नबनाएर मन्त्रीले डा. विकास देवकोटालाई बनाएको भन्दै राजीनामा सिंहले मागेका हुन् ।
‘पहिलो नम्बरमा भएका मान्छेको नाम सचिवमा सिफारिस भएको छैन । राजनीतिक प्रतिशोधका आधारमा मधेसीलाई हेप्ने प्रवृत्ति भयो,’ सिंहले गुनासो गर्दै भने, ‘स्वास्थ्यमन्त्री पौडेलले तुरुन्त राजीनामा दिनुपर्छ।’बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा देवकोटालाई सिफारिस गरेको थियो ।