सञ्चालनमा आयो सुपथ मुल्यको पसल, कुन सामानमा कति रुपैयाँ छुट ?

title
शुक्रबार, अशोज १२, २०७५

समिक्षा, काठमाडौं । बिगतका बर्षहरुमा झैं सरकारले यो बर्षको सुपथ मुल्य पसल आजदेखि संचालनमा ल्याएको छ ।

दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरि संचानलनमा ल्याइएका यस्ता पसल कार्तिक २७ गतेसम्म संचाल हुनेछन । यसरी संचालनमा आएका सुपथ मुल्यका पसलमा खाद्य सामग्री खरिद गर्ने उपभोक्ताले प्रचलित बजार मुल्य भन्दा ५ देखि १० प्रतिशत सम्म्म छुट पाउनेछन । देशका बिभिन्न ४७ स्थानमा सञ्चालनमा आएका सुपथ मूल्यका पसलमा सुपथ मूल्यका पसलमा दाल, चामल, तेल, चिनी, नुन लगायतका खाद्य सामग्री सौलियत दरमा खरिद गर्न सकिनेछ ।

काठमाण्डौ उपत्यकामा तत्काललाई नख्खु, थापाथली, पुतलीसडक र जावलाखेलबाट सञ्चालनमा आएको यस्ता पसललाई अन्य स्थानमा पनि विस्तार गर्न उपयुक्त स्थान खोजिरहेको खाद्य संस्थानले जानकारी दिएको छ । दैनिक उपभोग्य बस्तुको विक्री वितरण शुक्रबारदेखि नै गरिए पनि खसिबोकाको विक्री वितरण भने घटस्थापनाको भोलिपल्टबाट मात्र सुरु गरिनेछ । खसिवोकाको विक्री वितरणमा भने प्रति केजी १० रुपैयाँ छुट दिइने संस्थानले जनाएको छ ।

त्यस्तै बाह्रै महिना सहुलियत पसल मार्फत सुविधा दिंदै आएको साल्ट ट्रेडिङले सतुंगल, कालिमाटी, भक्तपुर लगायतका स्थानबाट पनि सुपथ मुल्यका पसल संचालन ल्याएको छ ।

यस्तै अर्को सरकारी संस्थान दुग्ध विकास संस्थानले पनि दुग्धजन्य पदार्थमा बजार मुल्य भन्दा बिषेश छुटको ब्यवस्था गर्दै उपत्यकका लौनचौर, न्यूरोड, तथा नेशनल ट्रेडिङका शाखाबाट सेवा प्रदान गर्ने जनाएको छ ।