सडकमा छोडिएका चौपायाले दुर्घटना बढ्यो

title
शनिबार, चैत्र ९, २०७५

सिर्जना मिश्र । काठमाडौंका सडकमा जथाभावी छोडिएका चौपायाका कारण पैदल यात्री तथा सडक प्रयोगकर्ता हैरान छन् । छाँडा चौपायाकै कारण सडक दुर्घटना बढेको छ भने सडक आसपासका क्षेत्रमा लगाइएका बोटबिरुवा संरक्षणमा समेत चुनौती थपिएको छ ।

मस्त सुतिरहेका र मुल सडकमा निर्धक्क हिडीरहेका यी छाडा चौपायको सर्वसाधारणले हिडडुल गर्दा समस्याझेल्नु परेको छ । यसरी घरपालुवा चौपाया दिनभरी सडकमा छाड्ने र सांझ विहान दुध दुहुनका लागि मात्र घर लैजाने प्रवृति निरुत्साहित नहुंदा यसले दुर्घटना दर समेत बढाएको छ ।

ट्राफीक प्रहरीलाई सवारी व्यवस्थापनमा चुनौती थपिई रहेको छ । साथै पैदय यात्रीलाई समेत छाडा चौपायाले हैरान बनाएका छन् । यो बीचमा यस्ता सडकमा छाडीएका चौपाया नियन्त्रणमा लिने र सम्वन्धीत्लाई जरिवाना तिराएर मात्र फिर्ता गर्र्ने निती बनेपनि कार्यान्वयनमा आएको छैन । काठमाडौ उपत्यकाका सडकमा छाडा छाडिएका चौपायको संख्या बढेपछि यो बीचमा काठमाडौं महानगरपालिकाले विभिन्न स्थानबाट करिव एक सय वटा वहर तथा बाच्छा नियन्त्रण लिई २७ हजार रुपैंयामा बेचेको काठमाडौँ महानगरपालिका प्रबक्ता ईश्वरमान डंगोल भनाई छ । तर यस बाहेक चौपाया व्यवस्थापनमा महानगरले प्रभावकारी चासो दिएको छैन ।

काठमाडौँका सडकमा के कतिले घ्मा गाई पाल्छन्, के कति व्यवसायी फर्म चालु अवस्थामा छन् र छाडा चौपायको समस्या कहांबाट उव्जिरहेको छ भन्ने महानगरपालिका संग कुनै तथ्याङ् छैन ।