सडक विस्तारमा अवरोध गरेमा वडा अध्यक्षका परिवार पक्राउ

title
आइतवार, अशोज २१, २०७५

धनुषा । सडक विस्तारमा अवरोध गरेपछि वडा अध्यक्ष सहित उनका पारिवारिक सदस्यहरु जनकपुरबाट पक्राउ परेका छन् ।

जनकपुरधाम पिडारीचौक–थापाचौक सडक विस्तार गर्ने क्रममा वडा नं. ९ का वडा अध्यक्ष परमेश्वर साह र उनका परिवारले अवरोध गरेपछि धनुषा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । साथै वर्षौ देखि सडक विस्तारमा अवरोध बनेको उनको घरमा समेत डोजर चलाईको छ ।

घर मुनी बसेर डोजर चलाउन नदिने अडानमा बसेपछि वडा अध्यक्ष साह, उनको दाई रामबाबु, श्रीमती चन्दा र भान्जालाई समेत पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।