सत्तारुढ नेकपाको नामका विषयको विवाद अदालत पुग्ने

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौँ । दुई नेकपा अर्थात नेपाल कम्युनिष्ट पार्टीबिच दल दर्ताका विषयमा रहेको विवादबारे निर्वाचन आयोगले मिलापत्र गर्न दुईपक्षलाई सुझाव दिएको छ । बुधबार दल दर्ताका विषयमा परेको उजुरीबारे दुईपक्षसंग छलफल गर्दे आयोगले मिलापत्र गरि विवाद टुंगो लगाउन सुझाव दिएको हो ।

तत्कालीन एमाले र माओवादी केन्द्रबिच एकता भइ बनेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र ऋषि कट्टेलको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीबिच आयोगमा दलको नाम एउटै भएको भन्दै दर्ताका विषयमा विवाद छ । विवादलाई टुंग्याउन आयागले दुवै पक्षसँग छलफल गरेको हो ।

दुबैपक्षलाई छलफलका लागी समय दिईएको र मिलापत्र हुन नसके आफ्नो ढंगले निर्णय गर्ने आयोगले जनाएको छ । छलफलपछि ऋषि कट्टेलको नेतृत्वमा रहेको नेकपाका कार्यालय सचिव कृष्णहरि भट्टले नेकपा नामबाट नयाँ दलको पहिचान नछुट्टिने र पुरानो नेकपाको पहिचान मेट्ने भएकाले भएकाले नयाँ नाम राख्न सुझाव दिएको बताउनुभयो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ऋषि कट्टेल नेतृत्वको पार्टीसँग नाम जुधाएपछि आयोगमा उजुरी परेको थियो । गत जेठ ३ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो ।