सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड

title
बिहिबार, भदौ ७, २०७५

काठमाडौं – पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन नसकेको समाचार आजको नेपाल समाचारपत्रको पृष्ठ ५ मा छापिएको छ ।

समाचारमा लेखिएको छ, कार्यालय समयमा अधिकांश कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन नसकेको हो ।

कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ ।

सरकारले बार्षिक पोसाक भत्ता शिर्षकमा प्रतिव्यक्ति एक जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।