सन्दीपको सफलता, आईपीएल खेल्ने पुनः पक्‍का

title
शुक्रबार, कार्तिक ३०, २०७५

दिल्ली डेयरडेभिल्समा स्थान सुरक्षित

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले सन् २०१९ को सिजन पनि विश्वकै चर्चित र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने भएका छन्।

उनलाई सिजनअघि नै पूर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो। आईपीएलमा खेलाडी अक्सनअघि आफूसँग भएका खेलाडी सुरक्षित गर्ने र छाड्ने अधिकार हुन्छ।

त्यही अधिकार प्रयोग गर्दै दिल्लीले सन् २०१९ का लागि १४ खेलाडी सुरक्षित गर्दा सन्दीप पनि परेका हुन्। दिल्लीले रिटेनसम्बन्धी जानकारी सन्दीपलाई बिहीबार बिहानै गराएको थियो।