सन् २०३० मा परिवार योजना साधनको प्रयोगदर ७५ प्रतिशत पुर्‍याउने

title
सोमवार, चैत्र ४, २०७५

काठमाडौ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सन् २०३० सम्म परिवार योजना साधनको प्रयोगदर ७५ प्रतिशत पुर्‍याउने हिसाबले काम भइरहेको बताए ।

सोमबारदेखि काठमाडौंमा सुरु भएको दुईदिने राष्ट्रिय परिवार योजना सम्मेलनको उद्घाटन गर्दै उहाले  बताए । विकासको लक्ष्य पूरा गर्न परिवार योजनाको साधनमा सबैको पहुँच पुर्‍याइने उहाको भनाइ छ ।

मन्त्री यादवले स्वास्थ क्षेत्रको समस्या समाधान गर्दे सरकार अघि बढ्ने बताए । स्वास्थ्य संस्थाहरुमा परिवार योजनाको साधन सजिलै उपलब्ध हुँदा यसको प्रयोग बढ्ने भन्दै यसलाइ सहज र स’लभ बनाउने उहाले बताए ।

सम्मेलनमा परिवार योजनाको साधनको प्रयोग बढाउन र मातृशिशु मृत्युदर घटाउने योजना तथा रणनीतिबारे छलफल हुने जनाइएको छ । सरकारले सन् २०२० सम्म परिवार योजनाको क्षेत्रमा ७ प्रतिशत बजेट छुट्याउने लक्ष्य लिएकोमा हाल १.०९ प्रतिशतमात्र छुट्याएको छ ।