
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६९.४३ प्रतिशत मतदान भएको छ । डाक्नेश्वरीको वडा नम्बर १ र ४ वडामा अध्यक्ष पदका लागि भएको दिउँसो ३;३० बजेसम्म ६९.४३५ मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । घ मतदान स्थल र ५ वटा मतदान केन्द्र रहेको डाक्कनेश्वरीमा कुल ३ हजार ९४२ मतदाता रहेका छन् । ढाक्नेश्वरीको वडा १ मा कविलासामा २ मतदान केन्द्र रहेका छन् । १ हजार ३१९ मतदाता रहेको वडा ४ मा २ वटा मतदान केन्द्र रहेका छन् । दुवै वडाको मतगणना आजै नगरपालिकाको कार्यालयमा गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।