सप्तरीमा किशोरी क्रिकेट प्रशिक्षण

title
बिहिबार, मंसिर १३, २०७५

सप्तरी । सप्तरीमा किशोरी क्रिकेटर उत्पादन सँगै खेलकुदप्रति उनहरुको क्षमता विकास गर्ने उद्देश्यले किशोरी क्रिकेट प्रशिक्षण शुरू भएको छ ।
जिल्लाको खड्ग नगरपालिका वडा नम्वर ७ स्थित कल्याणपुरको खेल मैदानमा किशोरी क्रिकेट प्रशिक्षण कार्यक्रम थालिएको हो । सुरूगां नगरपालिका तथा खडगा नगरपालिकाको संयोजनामा तथा सबल नेपाल र सेभद चिल्ड्रेन को साझेदारीमा क्रिकेट प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले महिला किक्रेट उत्पादन गर्ने लक्ष्य सँगै सप्तरी टिम बर्षौं देखि बन्न नसकेकोले सप्तरी टिम बनाई प्रतियोगितामा सहभागिता गराउने उदेश्य रहेको सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले बताए । सो अवसरमा नेपाल क्रिकेट संघका राष्टिय प्रशिक्षक जगत टमाटाले एक कार्यक्रम बिच १ महिने किशोरी क्रिकेट प्रशिक्षणको उदघाटन गरे ।

राष्ट्रिय प्रशिक्षक टमाटाले खडग र सुरूगां नगरपालीका का १ सय २५ जना किसोरीलाई प्रशिक्षण दिनेछन् । सो प्रशिक्षणबाट उत्कृष्ट ३० जना किसोरीहरू खेलाडी बिच अभ्यास म्याच गराउने र आउने दिनमा सप्तरी महिला किक्रेट टिम बनाउने लक्ष्य रहेको सबल नेपालका कोषाध्यक्ष तथा सप्तरी क्रिकेट सँघका सचिव आयुष श्रेष्ठले बताए ।

सो अवसरमा सुरूगां नगरपालिका उपमेयर बपन्दा पासवान, खडगा नगरपालिकाका उपमेयर यासमिन सुल्दान, वडा अध्यक्ष भगवती चौधरी, सेभद चिल्ड्रेन सप्तरीका संयोजक तथा बरिष्ठ कार्यक्रम संयोजक अरूण महतो, कार्यक्रम संयोजक रचना थापा, खडग नपाका ६ भगबति चौधरी, ८ का वडा अध्यक्ष मो ईसराईल, वडा १० का वडा अध्यक्ष राजेन्द्र चौधरी, ७ का वडा अध्यक्ष राकेश साह, नेपाल पत्रकार महासँघका सल्लाहकारद्वय धिरेन्द्र प्रसाद साह, श्रवण देब, सह सचिव चन्दनकुमार यादब, सबल नेपालका समुन्नती कार्यक्रम का संयोजक नन्दकिसोर चौधरी, सबल नेपालका असोक साह, प्रमेश्वर झा, प्रशिक्षक बिरू श्रेष्ठ, धर्मेन्द्र चौधरी, अम्पायर संघका अध्यक्ष निरज सिंह, बाल कल्व मो ताहिर लगायतले शुभकामना मन्तवय दिएका थिए ।