सबैभन्दा बढी हतार हसिनालाई नै !

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौं । बंलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद बिम्स्टेक सम्मलेन सकिनुपूर्व नै स्वदेश फर्किँने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतकाअनुसार बंलादेशकी प्रधानमन्त्री शुक्रबार बिहान स्वदेश फर्किने तय भएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा सम्मेलनमा सहभागी हुन काठमाडौँ आएकी वाजेद सम्मेलन सकिनपूर्व नै स्वदेश फर्किन लागेकी हुन्। बंलादेशको आगामी आम निर्वाचनलाई मध्येनजर गर्दै उनी छोटो समयको नेपाल बसाई सकी स्वदेश फर्किने तय भएको जनाइएको छ ।

आम निर्वाचनको मिति सार्वजनिक नहुँदा बंलादेशमा वाजेद सरकारको आलोचना बढ्दै गएको छ। यसअघि बिहीबार बिम्स्टेक सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उनले बंगलादेशले आफ्नो स्वतन्त्रताको सुरुवाती दिनदेखि क्षेत्रीय संगठनमा जोड दिएको बताएकी थिइन्। उनले यस क्षेत्रको समृद्धिका लागि शान्ति र स्थायित्वमा जोड दिएकी छन्।