
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछनेलाई संसदीय दलको नेता बनाउन पार्टी केन्द्रीय समितिले निर्देशन दिएको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन निर्देशन दिने निर्णय गरेको प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए।
आजै बस्ने संसदीय दलको बैठकले लामिछानेलाई दलको नेता चयन गर्ने उनले बताए।
यसअघि नागरिकता विवादमा सांसद पद गुमेपछि उपसभापति डोलप्रसाद अर्याल संसदीय दलको नेता बनेका थिए।
वैशाख १० को उपनिर्वाचन जितेर आएपछि सभापति लामिछानेलाई नै संसदीय दलको नेता बनाउनुपर्ने भन्दै अर्यालले शनिबार राजीनामा दिएका थिए।