समयानुकुल तलव बृद्धि गर्नुपर्ने नेपाल टे«ड युनियनको माग

title
शुक्रबार, जेष्ठ ३, २०७६

काठमाडौ । आगामी बजेटमा समयानुकुल तलव बृद्धि गर्नुपर्ने भन्दै नेपाल टे«ड युनियन कांग्रेसले आज(शुक्रवार) काठमाडौंमा ¥याली निकालेको छ ।

तलव बृद्धि नभएको तीन बर्ष भएको भन्दै कम्तिमा ३९ प्रतिशतको अनुपातमा बृद्धि गर्न ध्यानाकर्षण गराउदैं टे«ड युनियन कांग्रेसले काठमाडौको माइतिघरदेखि बानेश्वरसम्म ¥याली निकालेको हो ।

टे«ड युनियन कांग्रेसले उपादान लगाएत अवकास कोषहरुमा ५ प्रतिशतबाट बृद्धि गरि १५ प्रतिशत कायम गरिएको कर खारेज गर्न पनि माग गरेको छ ।

त्यस्तै उसले अनौपचारीक र स्वरोजगार व्यक्तिहरुको योगदानमा आधारित सामाजिक सुरक्षा योजना संचालानार्थ सरकारी योगदानको बजेटको व्यवस्था गर्न पनि माग गरेको छ भने पुँजीगत खर्चको क्षमता अभिवृद्धि गरि रोजगारीको अवसर बृद्धि गर्नुपर्ने जनाएको छ ।