समर्थकले गरे खेलाडीमाथि आक्रमण, हिंसात्मक झडपले खेल स्थगित

title
सोमवार, चैत्र ४, २०७५

ऐजेन्सी । ग्रिक सुपर लिग फुटबलमा समर्थकहरुले खेलाडीमाथि आक्रमण गरेको छन् ।

लिग अन्तर्गत आइतबार राति पानाथिनाईकोस र ओलम्पिकासबीचको खेलमा समर्थकहरुले खेलाडीहरुलाई आक्रमण गरेका हुन् ।

पानाथिनाईकोसको मैदानमा जारी खेलमा घरेलु समर्थकहरुले ओलम्पिकासका खेलाडीलाई आक्रमण गरेका थिए । जतिबेला घरेलु टोलीविरुद्ध ओलम्पिकासले एक शुन्यको अग्रता बनाएको थियो ।

दुवै क्लबका समर्थकहरुले एक अर्को क्लबको झण्डा मैदानमै जलाएका थिए ।