‘समर लभ’की सायाको सेक्सी अवतार (पाँच तस्विरमा)

title
सोमवार, मंसिर १०, २०७५

काठमाडौं । १४ फेब्रुअरी अर्थात प्रेम दिवसलाई लक्षित गरी प्रदर्शनमा ल्याउन लागिएको चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित फिल्मको टिजरमा चलचित्रकी मुख्य पात्र ‘साया’ अर्थात रेवती क्षेत्रीको हट अवतारलाई प्रस्तुत गरिएको छ ।

मुस्कान ढकालले निर्देशन गरेको समर लभमा आशिष पिया र रेवती क्षेत्रीको मुख्य भूमिका रहेको छ । टिजरमा पनि यो जोडीलाई निकै आकर्षक र प्रेमिल देखाइएको छ । सार्वजनिक टिजरका केही सिनहरु भने अलि भद्र नै छन्– चाहे बेट सिन हो वा रेवती क्षेत्रीको वाथटपमा न्युड सिन नै किन नहोस् ।

सुविन भट्टराईकै लेखन रहेको फिल्ममा पटकथा सुविन र सामिप्यराज तिमल्सेना मिलेर तयार गरेका छन् । फिल्ममा रेवती क्षेत्री ‘साया’ र आशिष पिया ‘अतित’ बनेका छन् ।

रेवती र आशिषसँगै फिल्ममा सुरज सिंह ठकुरी, नम्रता सापकोटा, शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा पुष्पन प्रधानको शब्द, संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।

मानकृष्ण महर्जनले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । समर लभ लाई खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारीले निर्माण गरेका हुन् । सह निर्मातामा स्वपन सरकार र मनोज बिक छन् । सह निर्माता, बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।