समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई अर्थमन्त्रीको आग्रह

title
बिहिबार, पुस २६, २०७५

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले समाजप्रति उत्तरदायी हुन सहकारी उद्यमीहरुलाई आग्रह गर्नु भएको छ ।

अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सृजना गर्ने सहकारी उद्यमीहरुलाई मात्रै सरकारले कर छुटलगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पार्नु भयो । उहाँले हाल संचालन भईरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा बिहिवार ललितपुरमा भएको कार्यक्रममा उहाँले आफ्ना सदस्यहरुको साझा हित प्रवद्र्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने पनि बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरुलाई लगानी गर्न पनि सचेत गराउनु भयो ।