समाजसेवी गुरुङ उपराष्ट्रपतिको वैदेशिक मामला विज्ञका रुपमा नियुक्त

title
मङ्लबार, असार २६, २०७५

काठमाडौं । समाजसेवी तथा व्यवसायी जीवनकुमार गुरुङ उपराष्ट्रपतिको वैदेशिक मामला विज्ञका रुपमा नियुक्त हुनुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले व्यवसायी गुरुङलाई गत आइतबारदेखि लागू हुनेगरी वैदेशिक मामला विज्ञका रुपमा नियुक्त गर्नुभएको हो । राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को, दफा १३ बमोजिम गुरुङलाई राय परामर्श दिन वैदेशिक मामला विज्ञका रुपमा नियुक्त गरिएको हो ।

उपराष्ट्रपतिको वैदेशिक मामला विज्ञका रुपमा नियुक्त भएसँगै उहाँलाई विभिन्न संघ संस्था तथा आफन्तले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् । उपराष्ट्रपतिको वैदेशिक मामला विज्ञ जस्तो गरिमामय पदमा नियुक्त भएस“गै गुरुङले आफ्नो कार्यअवधिभर पदीय दायित्व पूर्ण रुपमा पालना गर्ने जनाउनुभएको छ ।