समायोजन प्रक्रिया रोकियो

title
आइतवार, साउन २७, २०७५

काठमाडौं । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउनको दोस्रो साताबाट सुरु गर्ने भनिएको समायोजन प्रक्रिया रोकेको छ ।

मन्त्रालयले संघीय निजामति सेवा ऐन पारित नभएकाले समायोजन प्रक्रिया अघि बढ्न नसकेको जनाएको हो ।

यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजन पक्रिया अघि बढाउने जनाएको थियो ।

तर साउन तेस्रो साता बित्दा पनि समायोजन प्रक्रियाको कुनै काम अघि बढेको छैन । यो खबर आजको नागरिक दैनिकमा समाचार छ ।