‘समृद्ध पुस्तकालय, सुदृढ समाज’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइयो

title
शुक्रबार, भदौ १५, २०७५

काठमाडौ । शुक्रवार ११औं राष्ट्रिय पुस्तकालय दिवस । ‘समृद्ध पुस्तकालय, सुदृढ समाज’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपालमा औपचारिक रुपमा पुस्तकालय स्थापनाको इतिहास दुई शताब्दी पुरानो भइसकेको छ । तर पनि पुस्तकालयहरुको स्तरोन्नती, संरक्षण र विस्तारमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन ।

झनै भूकम्पपछि त कतिपय पुस्तकालय बन्द जस्तै भएका छन् । नेपाल राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय अझैसम्म पनि पुनर्निर्माण भएको छैन । पुस्तकालयले समाज विकासका विभिन्न चरणको बोध गराउने भएकाले यसको विकास र संबर्धनमा जोड दिनुपर्ने सरोकारवालाहरु बताउँछन् । पछिल्लो समय पढ्ने संस्कृतिमा कमी आएकाले पुस्तकालयको विकास र व्यवस्थापन गरी पाठक आर्कषण गर्न जोड दिनुपर्ने शिक्ष्ाँ सचिव खगराज बरालले बताउनु भयो ।

नेपालमा पुस्तकालयको इतिहास २ सय ५ बर्ष पुरानो भएपनि अपेक्षीत सुधार भने देखिएको छैन । पण्डित केदारनाथ झालाई वि.सं १८६९ भाद्र १५ गते तत्कालीन राजा गीर्वाण युद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिईएको दिनलाई स्मरण गरी वि.सं २०६५ भदौ १५ देखि नेपालमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।

सप्ताहव्यापी रुपमा मनाईएको पुस्तकालय दिवसको समापनका अवसरमा उत्कृष्ट अभियन्ता, पाठक र निवन्ध, कथा, नृत्य लगायतका विभिन्न प्रतियोगिताका विजेतालाई सम्मान गरिएको थियो ।