सम्झौता कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण

title
मङ्लबार, साउन २२, २०७५

काठमाडौँ । डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौताहरु तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

दुई साताको उपचारपछि मंगलबार डिस्चार्ज हुनुभएका डाक्टर केसीले मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै सम्झौता कार्यान्वयनको लागि सरकारलाई स्मरण गराउनुभएको हो । डाक्टर केसीले आफ्नो १५ औं अनशन तोडाउने क्रममा भएका सहमति कार्यान्वयन प्रक्रिय अगाडि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाले साउन १० गते आफूसँग भएका सहमति र सत्तारुढ दलका जिम्मेवार नेताहरु प्रतिबद्धता अनुसार चिकित्सा शिक्षा विधेयक तोडमोड नगरी शीघ्र पारित गराउने समेत विश्वास व्यक्त गर्नुभयो । निकै भावुक हुदै केसीले आफू बिरामीको सेवामा रमाउने मान्छे भएकाले ६ हप्तासम्म पनि बिरामीको सेवा गर्न नपाएका कारण दुख लागेको बताउनुभयो ।

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, सबै विपन्न नागरिकको सस्तो, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार कार्यान्वयनको मागसहित डाक्टर केसीले पछिल्लो पटक असार १६ गते देखि १५ औं अनशन बस्नुभएको थियो । उहाको अनशन तोडाउन साउन १० गते सरकारले ९ बुँदे सहमति गरेको थियो ।