सम्बन्धीत मन्त्रीबाट प्रश्नको जवाफ आउन नसकेको भन्दै सांसदहरुले गुनासो

title
बुधबार, साउन १६, २०७५

काठमाडौं । संघिय संसदमा आफुहरुले उठाएको प्रश्नको जवाफ सम्बन्धीत मन्त्रीबाट आउन नसकेको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।

प्रतिनिधीसभाको शुन्य र बिशेष समयमा उठाएका बिषय र विभिन्न सवालहरुको जवाफ सम्बन्धीत मन्त्रीहरुले दिनुपर्ने भएपछि त्यसो हुन नसकेको उनीहरुको भनाई छ । संसदमा बिशेष परिस्थीत बाहेकका बिषयमा उठेका प्रश्नको जवाफ मन्त्रीहरुबाट आउन नसकेको सांसदहरुले बताए ।

बुधबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेतृ पम्झा भूषालले बैठकमा एक पटक उठाएको बिषयमा सम्न्धीत मन्त्रीहरुबाट जवाफ आउन नसक्दा पटक पटक एकै बिषयलाई बारम्वार उठान गनुपर्ने बाध्यता भएको गुनासो गर्नुभयो । उहाले सभामुले रुलिङ गर्दा पनि मन्त्रीहरुबाट सांसदको जवाफ नआएको जिकिर गर्नुभयो ।

त्यस्तै नेपाली काग्रेसका नेता डाक्टर नारायण खड्काले मन्त्रीहरुमा जिम्मेवारीको बोध नभएका कारण यस्तो अबस्था आएको हुन सक्ने भन्दै सदनको नियमावलीलाई नै वेवास्ता गरिएको बताउनुभयो । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले संसदको नियमावली नै कार्यान्वयन नभएको गुनासो गर्दे छिटै सवालजवाफको बिषयलाई सुचारु हुने आश्वासन सभामुखले दिनुभएको बताउनुभयो ।

शुन्य र बिशेषसमयमा आएका बिषयलाई सम्बोधन नगरिएको भन्दै सांसदहरुले आवाज उठाएपछि केहि दिन अघि सभामुख कृष्णबहादुर महराले संसदमा उठेका विभिन्न सवालहरुको जवाफ दिन सरकार तथा मन्त्रीहरुलाई रुलिङ गर्नुभएको थियो ।

प्रतिनिधिसमा नियमावलीको दफा १५ उपनियम (२) संसदमा उठेका कुनै पनि विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र लिखित वा मौखिक रुपमा दिनुपर्ने व्यवस्था गरेको छ ।