सय दर्जन अवैध मदिरा प्याक सहित व्यापारी लोकेश फडेरा प्रहरी नियन्त्रणमा

title
शनिबार, माघ ५, २०७५

प्रेम बिक । बाजुराको बाटो हुँदै काटिकोट लैजाँदै गरेको १ सय पेटी पुण्टे सौफी मदिरा सहित व्यापारिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी प्रमुख उद्धवसिंह भाटको नेतृत्वमा खटिएको टोलीले बुढीगंगा नगरपालिकाको वडा नं. ८ रिठाबजारमा सय दर्जन अवैध मदिरा प्याक सहित व्यापारी लोकेश फडेरालाई नियन्त्रणमा लिएको हो ।

कालिकोटका ३३ वर्षीया लोकेश फडेरा हाल बुढीगंगा नगरपालिकाको रिठा बजारमा व्यापार व्यवसाय संचालन गर्दै आएको खुलेको छ । फडेराले धनगढी र बर्दियाका विभिन्न पसलबाट लाखौ रकम बराबरको अवैध मदिरा खरिद गरेर बाजुरा हुँदै कालिकोट लैजान लागेको प्रहरीको दावी छ ।

बुढीगंगा नगरपालिका ८ वडा महिला संजालका महिलाहरुले प्रहरीलार्ई अबैध मदिरा बारे जानकारी गराएपछि प्रहरी टोली गस्तिमा निस्केको थियो । धनगढी र बर्दियाबाट ल्याईएको उत्पादन तथा विक्रि वितरण गर्न पुर्ण रुपमा बन्देजयुक्त मदिरा सहित व्यापारीलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा राखिएको छ ।