सरकारका काम कारवाहीप्रति नेता नेपालको असन्तुष्टि

title
सोमवार, भदौ ११, २०७५

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम कारवाहीप्रति असन्तुष्टि ब्यक्त गर्नु भएको छ ।

नेपालीपन राष्ट्रिय साप्ताहिकको तेश्रो बार्षिकोत्सवका अबसरमा आज काठमाडौमा सम्पन्न कार्यक्रममा वरिष्ठ नेता नेपालले सरकारका अंगहरुको कामकारवाही राम्रो नहुँदा चित्त बुझ्दो काम हुन नसकेको बताउनु भएको हो ।

अख्तियारको काम प्रति असन्तुष्टी जनाउदै नेता नेपालले मुलुकमा भ्रष्टाचार बढ्दा पनि सम्बन्धीत निकाय मौन रहेको धारणा राख्नुभयो । त्यस्तै उहाँले सरकारलाई कर्मचारीतन्त्रले सहयोग नगरेको आरोप लगाउनुभयो ।

नेता नेपालले रौतहटको गौरमा भएको डुङ्गा दुर्घटनाको घटनाको छानविन गर्दै पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समाजप्रति जिम्मेवार भएर समाचार संप्रेषण गर्न सुझाव दिनुभयो ।