सरकारका पछिल्ला क्रियाकलापको समिक्षा सुरु, कमजोरि सच्याउन सरकार तयार रहेकाे प्रचण्डकाे भनाइ

title
शनिबार, साउन २६, २०७५

कृष्ण आचार्य/चितवन । पूर्व प्रधानमन्त्री एवम् (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला क्रियाकलाप बारे समिक्षा सुरु भएको र कमजोरि सच्याउन सरकार तयार रहेको बताउनुभएको छ ।

गृह जिल्ला चितवनमा आज पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष प्रचण्डले जनताको गुनासो, चिन्ता र चासोका विषय बारे सरकार जानकार रहेको र समिक्षा गर्न पार्टी तथा सरकार तयार रहेको प्रष्ट पार्नुभयो । अध्यक्ष प्रचण्डले विकास र सम्वृद्धिको एजेन्डा बोकेर सरकार शुसासनका निम्ती लागि रहेको दावी पनि गर्नुभयो ।

अति आवाश्यक ऐन कानुन नबन्दा प्रदेश तथा स्थानीय सरकारले राम्रोसंग काम गर्न नसेको स्विकार्दै प्रचण्डले करका कारण जनता निराश भएकाले त्यसमा समिक्षा हुने बताउनुभयो । करकै कारण संघियता धरापमा पर्नसक्ने पुरानो अभिव्यक्ति सुधार्दै प्रचण्डले संक्रमणकालीन संरचनाका कारण देखिएका समस्या चांडै समाधान हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपाले राजनीतिक भन्दा पनि आतंक मच्चाउने गतिविधी गरेकाले व्यवहार सुधार्न सल्लाह पनि दिनुभयो ।