सरकारकै कारण कांग्रेस आन्दोलनमा जान बाध्य भयो – देउवा

title
शनिबार, साउन १२, २०७५

नवलपरासी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जबरजस्ती आन्दोलनमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ ।

नवलपरासीको गैंडाकोटमा प्रजातन्त्रवादी कानुन ब्यवसायीको संगठन नेपाल डेमोक्रयाटिक लयर्स एशोसियसनको १० औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले नेपाली काँग्रेस सरकारको व्यवहारकै कारण आन्दोलनमा जान बाध्य भएको दावी गर्नुभयो ।

सभापति देउवाले प्रधानमन्त्री केपी ओलीलाई अप्रजातान्त्रिक बाटो छाडेर लोकतान्त्रिक बाटोमा हिड्न सुझाव दिनुभयो । यस्तै सभापति देउवाले फरक राजनीतिक विचारसंग लड्ने बेला आएकोले काँग्रेस एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभामुख र उपसभामुखमध्ये दुबै एउटै पार्टीको भएको भन्दै संविधान प्रतिकुलको निर्णय सच्चिनुपर्ने अडान दोहोर्याउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, सहमहमन्त्री डा. प्रकाशशरण महत, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, रमेश लेखक लगायतले मन्तव्य राखेका थिए । एशोसिएसनको १० औं राष्ट्रिय महाधिवेशनले भोलि नयाँ नेतृत्व चयन गर्नेछ ।