सरकारको नीति तथा कार्यक्रम झुटको पुलिन्दा

title
आइतवार, बैशाख २२, २०७६

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम दूरगामी महत्वको भएको दाबी गरिरहेका बेला प्रतिपक्षी दल तथा अर्थतन्त्रको राम्रो नाडी छामेका अर्थविदहरुले पनि यो झुटको पुलिन्दा भएको आरोप लगाएका छन् ।

यो नीति तथा कार्यक्रम कार्यान्वयनमा ठूलो चूनौति रहेको अर्थविदहरुको भनाई छ । वास्तवमा सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो छ ? यसै विषयमा केन्द्रित भएर प्रा.डा. सुरेन्द्र भण्डारी र अर्थविद डा. दधि अधिकारीसँग गरिएको कुराकानी ।