सरकारको समीक्षा बैठक सिहंदरबारमा जारी

title
बिहिबार, असार २६, २०७६

काठमाडौं । सरकारको समीक्षा बैठक सिहंदरबारमा जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा सरकारका मन्त्री तथा सबै मन्त्रालयका सचिवहरुको समेत सहभागिता रहेको छ ।

चालु आर्थिक वर्षमा लिएका लक्ष्यको प्रगति तथा आगामी आर्थिक वर्षको योजना बारे बैठकमा छलफल भइरहेको छ । समीक्षा बैठकमा विभिन्न मन्त्रालयहरुले गरेका कार्यसम्पादनका विषयमा छलफल हुनेछ ।

जनताका सेवासँग प्रत्यक्ष जोडिएका विषयलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।