
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।
जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको आर्थिक सुधारको योजना समेत सरकारले बनाएको छ ।
अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माणलाई समेत प्राथमिक्रामा राखेका छन् । यसैगरी कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट बढाइएको छ ।