सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुने राजपा चेतावनी

title
आइतवार, साउन १३, २०७५

पुरन साह/धनुषा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य राजकिशोर यादवले अझै केहि दिन सरकारको काम कारवाही हेरेर सरकारलाई दिएको समर्थनको विषयमा निश्कर्षमा पुग्ने बताउनुभएको छ ।

जनकपुरधाममा भएको पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले केहि दिनमा पनि सरकारको काम कारवाही नसच्चिए सरकारलाई दिएको समर्थनबारे सोच्न बाध्य हुने चेतावनी दिनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान संसोधन सहितका मागका विषयमा ज्ञापन पत्र समेत बुझाइ सकेको भन्दै उहाँले सांसद रेशम चौधरीको रिहाई गर्न पर्ने बताउनुभयो ।