सरकारलाई नेकपाकै सांसद झपडको मौन झापड : भने ‘मन्त्रीको योग्यता देखेर दया लाग्छ’

title
मङ्लबार, जेष्ठ २८, २०७६

काठमाडौं । नेपाल कमय्निष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले ल्याएको बजेटमा आफ्नै पार्टीका सांसदले विरोध जनाएका छन्। कैलाली-२ बाट निर्वाचित सांसद झपट रावलले मंगलबारको बैठकमा रोष्ट्रममा मौन उभिएर  विरोध जनाए।

सभामुख कृष्णबहादुर महरा आराम गर्न गएपछि नेकपाबा६ै स‌सदको अध्यक्षमणडलकी सदस्य राधा ज्ञवालीले संसद सञ्चालन गरिरहेकी थिइन्। ज्ञवालीले रावललाई ६ मिनेट समयसहित बोल्नका लागि समय दिइन । ६ मिनेट समय पाएर रोस्टममा पुगेका रावलले  ‘सहरी विकास मन्त्रालय अन्तर्गत वार्षिक विकास कार्यक्रमका बारेमा बोल्न चाहन्छु’ भनेर सभामुखलाई जानकारी गराएका थिए । त्यति भनेपछि रावल चुपचाप उभिएका थिए ।  करिब १ मिनेट मौन बसेपछि सभामुखको आसनमा बसेकी ज्ञवाली आफैले चासो राखेकी थिइन् ।

सभामुखले ‘माननीयज्यू के भयो ?’ भन्दै प्रश्न गरेपछि रावलले ‘केही नभएको हुनाले नबोलेको सभामुख महोदय’ भनेका थिए। यसपछि सभामुख आसनमा बसेकी ज्ञवाली र रावजलबीच छोटो सवालजवाफ चलेको थियो । ‘किताबमा नअटेको हुनाले सभामुख महोदय?’ भनेर सभामु्ख मार्फत सरकारमाथी प्रश्न उठाएका थिए । ‘माननीयको सांकेतिक विरोध भइसकेको छ,’ सभामुख आसनबाट ज्ञवालीले भनिन्, ‘अब माननीयले समय लिनुहोस्, म अनुरोध गर्न चाहन्छु।’ त्यसपछि पनि रावलले केही बोलेनन् । ‘सभामुख महोदय, भए पो बोल्नु,’ रावलले भने।

यसपछि पनि थप  एक मिनेट मौन बसेर रावल कवि शिरोमणी लेखनाथ पौड्यालको शिखरिणी छन्दको कविताबाट बोल्न थालेका थिए ।  ‘सभामुख महोदय ! मै खाउ, मै लाउ, सुख सयल मै गरु। मै बाँचु, मै हाँसु। अरु सबै मरुन, दुर्बलहरु… ।’ रावलले भावनात्मक भएर कविताको अंश भने विगारेका थिए।

रावलले त्यसपछि पनि भावनामै वग्दै आफ्ना धारणा राखे। ‘यो सहरी विकास मन्त्रालयको बार्षिक लगायत जुन कार्यक्रम छ, पाना पाना पल्टाएर हेरे, बजेट आउनुभन्दा पहिला चैतमा मैले सहरी विकास मन्त्रालयको ढोका ढक ढक्याए। तर, मन्त्रालयको सबैभन्दा बढी लक्षित कार्यक्रममा पर्ने मेरो ठाउँमा आँखा पुग्दैन। मन्त्री केन्द्रीत, नेता केन्द्रीत यो कार्यक्रम आएको हुनाले यो विभेदकारी छ,’ रावलले भने, ‘हुरी पीडितलाई राहत दिने कुरामा पनि यो सरकार कानमा तेल हालेर बसिरहेको छ। त्यसकारण सहरी विकास मन्त्रालयले ल्याएको बजेट (म अरु त केही भन्न सक्दिन। किनभने म सत्तापक्ष सांसद हुँ) घोर विभेदकारी, असमान छ। मन्त्रीको योग्यता देखेर दया लाग्छ।’

उनले कैलाली कञ्चनपुरका हुरी पीडितलाई राहतको प्याकेज घोषणा गर्न पनि माग गर्दै आफ्नो समय सिध्याएका थिए। सांसद रावल बाेल्दा प्रतिपक्षी सांसदले ताली बजाएका थिए भने सहरी विकास मन्त्री इस्तियाक राइ, अर्थमन्त्री युवराज खतिवडा र खेलकुद मन्त्री जगत विश्वकर्मा  हाँसेर बसेका थिए।

सभामुखकाे जिम्मेवारी सम्हालिरहेकी ज्ञवाली पनि हाँस्दै बसेकी थिइन। उनले संसद सेवाका अधिकारीसँग कानेखुशी गरिरहेकी थिइन्।