सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको राजपाको आरोप

title
सोमवार, बैशाख २, २०७६

काठमाडौ । राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजकिशोर यादवले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।

नेता यादवले दुई तिहाई बहुमतको सरकारले पनि सोचे अनुसार काम गर्न नसकेकाले विरोधमा आन्दोलनमा जाने निर्णय लिइएको पनि स्पष्ट पार्नु भयो । उहाँले सरकार विरुद्धको आन्दोलनलाई परिणाममुखि बनाउन अन्य दलहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने योजना पनि अघि सार्नु भयो ।

आज(सोमवार) काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले लोकतन्त्रको सुदृढिकरण हुने गरी आफ्नो कामलाई अघि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

नेता यादवले सरकारलाई संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको व्यवहार सबैलाई गर्न बाध्य बनाउने गरी आफ्नो पार्टीले बैचारिक अभियानको नेतृत्व गर्न चाहेको पनि बताउनु भयो ।