सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख

title
शुक्रबार, फाल्गुन ३, २०७५

विराटनगर । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षका अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट  आयोजित ‘प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो ।

उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृद्ध र सुखी बनाउन सकिनेमा जोड दिनुभयो ।
मुख्यमन्त्री शेरधन राईले प्रदेश तहको संरचना बिल्कुलै नयाँ भए पनि जनताका काममा लगनशील भएर लागिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले प्रदेशमा ९० वर्ष पूरा गरेका नागरिकलाई वार्षिक रु पाँच हजार घरघरमै गएर प्रदान गरिने घोषणा पनि गर्नुभयो ।

प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले प्राकृतिक स्रोत र सम्पदामा सम्पन्न यस प्रदेशलाई विकासको बाटामा डो¥याउन प्रदेश सरकार सफल भएकामा खुशी व्यक्त गर्नुभयो । मुख्यसचिव केदार न्यौपानेले प्रदेश सरकारले मितव्ययिता अपनाएकाले विकासमा मद्दत पुगेको विचार व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्रदेशको शान्ति सुरक्षालाई बलियो र सुदृढ बनाउन सुरक्षा निकायलाई २४५ थान मोटरसाइकल र १५ थान प्रदान गरिएको थियो । ती सवारी साधनका लागि रु १० करोड ५७ लाख खर्च गरिएको थियो ।