सरकारविरुद्ध ७७ वटै जिल्लामा काँग्रेसको प्रदर्शन

title
मङ्लबार, साउन १५, २०७५

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कामकारवाही विरुद्ध विरोध जुलुस निकालेको छ । सरकार स्वच्छाचारी भइरहेको भन्दै जिम्मेवार प्रतिपक्षीको रुपमा खबरदारी गर्ने भन्दै काग्रेसले मंगलबार विरोध जुलुस निकालेको हो । सर्वसत्तावाद, बढ्दो महँगी विरुद्ध र लोकतान्त्रिक पद्दतिको रक्षाका लागि भन्दै कांग्रेसले सरकारविरुद्धको प्रदर्शन गरेको हो ।

काठमाडौको शान्तिबाटीकाबाट सुरु भएको विरोध प्रर्दशन असन, इन्द्रचोक, विशालबजार भएर न्युरोड हुँदै शान्तिवाटिकामा कोणसभामा परिणत भएको थियोे । कोणसभालाई सम्बोधन गर्दे काग्रेस नेताहरुले सरकार स्वच्छाचारी भइरहेको भन्दै कांग्रेसले सदैव खवरदारी गर्नुपर्ने बताएमा थिए ।

सभालाई सम्बोधन गर्दे काग्रेस नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर नभएको बताउनुभयो । सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन समेत आग्रह गर्दे उहाले सरकारले अधिनायकबादी चरित्र देखाएकोले आन्दोलनका लागि बाध्य भएको बताउनुभयो । त्यस्तै काग्रेसका अर्का नेता डाक्टर प्रकाश शरण महतले कम्युनिस्ट सरकारले स्वतन्त्र न्यायापालीकामाथि हस्तक्षेप गर्न खाजेको समेत आरोप लगाउनुभयो ।

कार्यक्रममा कांग्रेस नेता नवीन्द्रराज जोशीले जनतालाई सुविधा दिन्छु भनेको सरकारले महंगी र कर बढाएर ढाड सेक्ने काम गरेको बताउनुभयो । सरकारको कामकारवाहीको विरोधमा देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको नेपाली काग्रेसले जनाएको छ ।