सरकार असफलतातर्फ उन्मुख छ : बाबुराम भट्टराई

title
सोमवार, चैत्र ११, २०७५

काठमाडौ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढ्दै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको भन्दै सरकार असफलतातर्फ उन्मुख भएको बताउनु भएको हो । काठमाडौंमा आज ( सोमवार) सम्पन्न एक कार्यक्रममा उहाँले सरकारको एक वर्षे कार्यकालबाट जनता समेत सन्तुष्ट हुन नसकेको दावी पनि गर्नु भयो ।

संयोजक भट्टराईले जनताको अपेक्षा अनुसार तीव्रताका साथ मुलुकको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सरकारले आवश्यक कदम चाल्न नसकेको पनि बताउनु भयो ।

संयोजक भट्टराईले वर्तमान सरकारले वैदेशिक सम्बन्धमा समेत सन्तुलन कायम गर्न नसकेको पनि दोहो¥याउनु भयो ।