सरकार पारदर्शिता र सभ्य समाजको दिशामा अग्रसर छ : प्रधानमन्त्री ओली

title
आइतवार, भदौ ३, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार पारदर्शिता र सभ्य समाजको दिशामा अग्रसर भएको बताउनुभएको छ ।

राष्ट्रिय सूचना दिवस २०७५ का अबसरमा राष्ट्रिय सूचना आयोगले आज काठमाडांैमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले सत्ताको दुरुपयोग नगर्ने बताउ“दै पारदर्शिता र सभ्य समाज निर्माणमा अग्रसर भएको बताउनुभयो । उहाले यसअघिको सरकारले बहुमतका आडमा महाअभियोगको प्रस्ताव सदनमा ल्याएको भन्दै दुईतिहाई छ भन्दैमा वर्तमान सरकारले यस्ता प्रकारको दुरुपयोग नगर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले कांग्रेस लगायत सबैलाई विषयवस्तु अध्ययन गरेर मात्र सरकारको विरोध गर्न सुझाव दिनुभयो ।

सरकारले राष्ट्रलाई आवश्यक पर्ने कुराहरुको संशोधन गर्दै जाने भन्दै उहाले कसैको निर्देशनमा विरोधमा उत्रनुको कुनै तुक नभएको टिप्प्णी गर्नुभयो । उहाले भाद्र १ गतेदेखि जारी भएको देवानी संहिता धेरै अघि देखिनै छलफलमा आएको र १ बर्षअघि नै पारित भएको भन्दै ऐन नियम पालना गर्न र गराउनका लागि बनाएको धारणा राख्नुभयो ।  सरकारको सूचना आफूले पाउनुभन्दा पहिले नै चुहावट हुने गरेको भन्दै उहाँले गोपनीयताको समेत ख्याल गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हक र पहु“चलाई आमजनतामाझ पु¥याउनका लागि लागी बिद्यालय स्तरदेखि बिभिन्न तह र तप्कामा छलफल चलाईनु पर्ने बताउनुभयो ।

२०६४ साल साउन ५ गते सूचनाको हकसम्बन्धी ऐन प्रमाणीकरण भई भदौ ३ गतेदेखि लागु भएको स्मरणमा यो दिवस मनाइदै आएको छ ।