सरकार र सीके राउतको सहमतिको विरोध गर्ने मानव अधिकारवादीहरु प्रहरी नियन्त्रणमा

title
बुधबार, फाल्गुन २९, २०७५

काठमाडौ । सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतबीच भएको सहमतिको विरोधमा सिहंदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेका मानव अधिकारवादीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मानव अधिकार तथा शान्ति समाजले बुधबार दिउँसो सिंहदरबार दक्षिण गेट अगाडि विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ’११ बुँदे नौटंकी, अपराधजन्य सहमति’, ’नेपाल आमा जिन्दावाद’, ’सर्वभौमसत्तामाथि प्रहार बन्द गर’ जस्ता प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

विखण्डनकारी अभियान परित्याग गर्ने सहमति भनिएपनि सम्झौताको बुँदा नम्बर दुईले राष्ट्रिय अखण्डतामा प्रहार गरेको नागरिक अगुवाको दाबी छ ।