सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ– प्रधानमन्त्री अोली

title
आइतवार, साउन २७, २०७५

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल मिडिया सोसाइटीको नव निर्वाचित कार्य समितीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बधाइ दिंदै प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ बर्ष जेल बसेको, पार्टीको कैयौं नेता ,कार्यकर्ता सहिद भएकोले वर्तमान सरकार र नेपाल कम्यूनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने बताए ।

माइतीघर मण्डलाको बिषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के आमसभा,जुलुस गर्न उपयुक्त ठाउँ हो त ?” प्रधानमन्त्री ओलीको प्रश्न छ “अनि यसलाई देखाएर सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोज्ने ?” “नेकपा लोकतन्त्रको जन्मदाता हो ।

यसअघि साउन २१ गते एवीसी टिभिका सञ्चालक शुभशंकर कँडेल अध्यक्ष रहेको सोसाइटीको उपाध्यक्षमा सगरमाथा टिभीका अध्यक्ष निर्मल गुरुङ, महासचिवमा अर्थिक अभियान दैनिकका प्रकाशन तथा निर्वतमान सचिव मदन लम्साल, र कार्यसमितिका अन्य पदाधिकारीहरुमा सचिवमा न्युज २४ का अध्यक्ष अनिल जोशी र कारोवार दैनिकका प्रवन्धक शिशिर भट्ट र कोषाध्यक्षमा फिल्मी टिभीकी निर्देशक निकिता पौडेल लाई निर्वाचित गरेको थियो ।