सर्वाेच्चको आदेशमा छुटेका प्रकाण्ड फेरि पक्राउ

title
शुक्रबार, भदौ १, २०७५

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा छुटेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।

सर्वोच्चको आदेशमा छुटेलगत्तै प्रहरीले उनलाइ पक्राउ गरेको हो। उनीविरुद्ध अर्को मुद्दामा रहेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । काभ्रेको एनसेलको टावर जलाएको अर्को मुद्दामा उनी पक्राउ परेका छन् ।

प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।