सवारी चालक अनुमति पत्रको माग गर्दै बहिरा नागरिकहरु आन्दोलीत

title
शुक्रबार, अशोज १९, २०७५

काठमाडौ । सवारी चालक अनुमति पत्र व्यवस्थाको माग गर्दै बहिरा नागरिकहरुले आन्दोलत गरेका छन ।

सवारीचालक अनुमतिपत्र पाउने अधिकारबाट बञ्चित रहँदा उनीहरु रोजगार तथा अन्य अत्यावश्यक कामका लागि अप्ठ्यारो परेको भन्दै बहिरा नागरिक आन्दोलित भएका हुन् । हाल उपत्यकामा ५ सय भन्दा बढी बहिरा नागरिकले सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउँदै आएका छन् ।

सर्वोच्च अदालतले २०६९ चैत २९ गते बहिरोपनबाट प्रभावित व्यक्तिहरु सवारी चलाउनका लागि अयोग्य हुने कुनै वैज्ञानिक आधार नभएकाले १ वर्ष भित्र प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन अनुसार योग्यता पुगेका बहिरा नागरिकलाई सवारी चालक अनुमति पत्र दिन नेपाल सरकारलाई आदेश दिइसकेको छ । तर सरकारले सर्वोच्चको आदेशको अवज्ञा गरेको भन्दै उनीहरुले बताएका छन ।

बहिराहरुका लागि सवारीचालक अनुमति संघर्ष समितिको अगुवाईमा भएको कार्यक्रममा सवारी चालक अनुमति पत्रको व्यवस्था गर्नुपर्नेलगायतका विभिन्न माग लेखिएका पर्चा, पम्प्लेट सहित प्रर्दशन गरेका छन् ।