सहकारीको दर खाँदा २ सय विरामी

title
शनिबार, भदौ २३, २०७५

धुलिखेल । काभ्रेको पाँचखाल नगरपालिका १२ कासकोटे बालुवामा हिजो ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खादा २ सय भन्दा धेरै बिरामी भएका छन् । करिब १ सय भन्दा धेरै बिरामीहरुको अहिले पाँचखाल, बनेपा र धुलिखेलमा उपचार भइरहेको छ ।

अहिले पाँचखालको तिनघरे भन्ने स्थानमा सिबिरनै राखेर बिरामीहरुको उपचार भइरहेको सेडाइले बताए । दर खाएर फुड पोइजन भइ बिरामी भएको भन्ने खबर बिहान आएपछि घटना स्थलमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रमुख एस्पी रबिराज खडकाले बताए ।

बिरामीभएको महिला बालवालिका र पुरुषहरुलाई एम्बुलेन्स र प्रहरीको गाडीको ब्यवस्थापन गरेर उपचारका लागि स्थानिय र प्रहरीको सहयोगमा धुलिखेल र बनेपाको अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख एस्पी खडकाले बताए ।

घट्ना सम्बन्धमा थप अनुसन्धानको लागि घट्ना स्थल जिल्ला प्रहरी कार्यलय काभ्रेको डिएसपी दिपक गिरीको टोली खटाइसकेको एसपीले बताए ।