सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत : सूर्तिजन्य पदार्थ नियन्त्रणमा योगदान गरेवापत पुरस्कार

title
सोमवार, जेष्ठ २०, २०७६

काठमाडौं । सूर्य टोबाको प्रालिलाई अदालतसम्म लैजाने सहसचिव रामकृष्ण सुवेदी पुरस्कृत भएका छन्। सरकारको नीतिअनुसार आफ्ना उत्पादनमा ९० प्रतिशत चेतनामूलक चित्र राख्न सूर्य टोबाकोले आनाकानी गर्दा अदालतमा उभ्याउने सुवेदीलाई सरकारले पुरस्कृत गरेको हो ।

काठमाडौं जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी रहँदा सूर्य टोबाकोमा छापा मारेर कारबाही थालेका थिए। स्वास्थ्य मन्त्रालयले सहसचिव सुवेदीले सूर्तीजन्य पदार्थमा ९० प्रतिशत चेतावनीयुक्त सन्देश राख्न योगदान गरेबापत पुरस्कृत गरेको हो।

उनलाई स्वास्थ्यमन्त्री ब्लुमवर्ग पुरस्कार प्रदान गरिएको छ। उनकै कार्यकालमा काठमाडौंमा जथाभावी धूमपानमा रोक लगाउनुका साथै यसको बिक्रीवितरणमा समेत कडाइ गरिएको थियो। सुदीलाई दोसल्ला ओढाएर ५० नगदसहित प्रमाणपत्रले सम्मान गरिएको थियो।