सहिद स्मारक ए डिभिजन लिग: सरस्वती र संकटा क्लव प्रतिस्पर्धा गर्दै

title
आइतवार, अशोज १४, २०७५

काठमाडौ। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत अहिले सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुँदैछ ।

यसअघि हिजोको खेलमा नेपाल आर्मि र न्यूरोड टिम एनआरटीले दुई/दुई गोलको बराबरी खेलेका छन । बराबरीसँगै दुबै टोलीले एक/एक अंक बाडेका छन ।

आन्तरिक किचलोमा रुमलिएको ५ बर्षपछि एन्फाले पुनः हिजोदेखि सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु गरेको हो । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि स्थगित हुँदै आएको ए डिभिजन एन्फाले नयाँ नेतृत्व पाएको ४ महिनापछि सुरु भएको हो ।