सहिद स्मारक फुटबलः च्यासल युथ क्लवसँग एनआरटी ५–१ गतेलअन्तरले पराजित

title
बिहिबार, मंसिर ६, २०७५

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लव र न्युरोड टिम एनआरटीलाई पाँच एक गोल अन्तरले हराएको छ । जारी लिगमा पहिलो जित निकाल्ने क्रममा च्यासलको जितमा विमलले दुई गोल गरे । सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा च्यासलले दुई गोलको अग्रता बनाएको छ । उसका लागि दुबै गोल अमिर श्रेष्ठले गरे । प्रतिस्पर्धात्मक बनेको खेलको १४ औं मिनेटमा संजोग राइको पासमा अमिरले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि २९ औं मिनेटमा पुनः अमिरले नै च्यासको अग्रता दुई शुन्यमा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको च्यासलले दोस्रो हाफमा थप दुई गोल गर्यो । जसमा सन्तोष साउखल र विमल घर्तिमगरले एक एक गोल गरे । खेलको ५७ औं मिनेटमा विमलले हेडर गोल गर्दै टिमको स्कोर तीन शुन्यमा पुर्याए । ए डिभिजन लिगमा विमलको यो डेब्यु गोल हो । त्यसपछि ६३ औं मिनेटमा विमलकै पासमा सन्तोष साउखलले गोल गर्दै च्यासललाई चार शुन्यले अगाडी राखे ।

८७ औं मिनेटमा विमलले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे । तर खेलको इन्जुरी समयमा एनआरटीका विदेशी खेलाडी मोसोद अंबोलाले सान्त्वना गोल गरेका थिए । जितपछि च्यासलको तीन खेलबाट चार अंक भएको छ भने एनआरटीको तीन खेलबाट एक अंक छ ।