सांसदहरुको भिडियो प्रोफाईल सार्वजनिक

title
सोमवार, असार १६, २०७६

काठमाडौ । संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ ।

संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल आज(सोमवार) सार्वजनिक भएको हो । ६१औं संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो ।

समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई पेपर लेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्र्तगत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताए ।

समारोहलाई सम्बोधन गर्दै उपसभामुख शिबमाया तुम्बाहाङफेले संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल बनेको भन्दै खुसी व्यक्त गरे । उनले इतिहास लेख्ने र इतिहास खोज्ने सबैका लागि महत्वपुर्ण दस्तावेजको रुपमा भिडियो प्रोफाईल रहेको बताए ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जनताको अस्थाको केन्द्र संसद बाहेक अर्को होइन भन्ने प्रमाणित गर्न सक्नुपर्ने बताए । जनताको जुनसुकै समस्या पनि संसदबाटै समाधान हुन्छ भन्ने प्रमाणित गर्न सकेमा संसदप्रति जनविश्वास बढ्ने र त्यो नै संसद दिवस मनाउनुको सफलता ठहर्ने तर्क उनले गरे ।

संघीय संसद सचिवालयले तयार पारेको सांसदहरुको भिडियो प्रोफाईल संसद दिवसको सन्र्दभ पारेर सार्वजनिकिकरण गरिएको हो ।