सांसद नै नआएपछि संसदको विकास समितिको बैठक स्थगित

title
मङ्लबार, मंसिर ४, २०७५

काठमाडौँ । गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठक स्थगीत भएको छ । मंगलबार बिहान ११ बजे बोलाईएको बैठकमा ५१ प्रतिशत सांसद उपस्थित नभएपछि बैठक स्थगीत गरिएको हो ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका काम कारवाहीबारे जानकारी लिन प्राधिकरणका सिइओ सुशील ज्ञवालीलाई बोलाईको थियो । प्राधिकरणले पुनर्निर्माणमा भइरहेको जानकारी दिने तयारी गरेपनि कोरम नपुगेर बैठक नबसेपछि ज्ञवालीसहितका प्राधिकरण कर्मचारी फर्किएका थिए ।

बैठक स्थगीत भएपछि समिति सभापति कल्याणी खड्काले धेरै सांसदहरु जिल्लामा भएकाले बैठकमा उपस्थित हुन नसक्दा कोरम नपुगेको बताउनुभयो । समितिको कार्यविधीमा बैठकका लागी तोकिएको समयपछि आधा घण्टा सम्म पनि बैठक सुरु हुन नसके बैठक नै स्थगीत गर्ने व्यवस्था रहेको छ । सोहि व्यवस्थाको कार्यान्वयन स्वरुप पनि मंगलबारको बैठक अर्को सूचना नभएसम्मका लागी स्थगत गरिएको सभापति खड्काले बताउनुभयो ।

२६ सदस्यीय विकास तथा प्रविधि समितिको बैठकमा मंगलबार ११ जना सांसदमात्रै उपस्थीत थिए । सभापति खड्काले आगामी दिनमा समयमा नै उपस्थीत हुन समिति सदस्यहरुलाई ध्यानाकर्षण गराईने बताउनुभयो ।